शुक्र, २० कात्तिक २०८३ / November 6, 2026, Friday
शुक्र, २० कात्तिक २०८३
Advertisement
banner add

कपिलवस्तुमा नवनिर्मित प्रहरी ब्यारेक भवन उद्घाटन

banner add
writter
शुक्र, २० कात्तिक २०८३
(Shares)

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुई कोठे प्रहरी ब्यारेक भवनको शुक्रबार उद्घाटन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले भवनको उद्घाटन गरेका हुन्। कार्यक्रममा उनले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन तथा सेवा प्रवाह प्रभावकारी बनाउन भौतिक पूर्वाधारसँगै नागरिकको सहकार्य आवश्यक रहेको बताए।

वडा नं. ५ का अध्यक्ष दुनिका प्रसाद भुसालले स्थानीय समुदायको सहयोगमा निर्माण भएको भवनले प्रहरी कर्मचारीको आवास तथा कार्यसम्पादनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

बाणगंगा नगरपालिकाको आर्थिक सहयोग र स्थानीय समुदायको सहकार्यमा निर्माण भएको भवनले प्रहरी सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा जनप्रतिनिधि, प्रहरी अधिकारी, पत्रकार, समाजसेवी तथा स्थानीयको उपस्थिति थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर