बिहि, १९ कात्तिक २०८३ / November 5, 2026, Thursday
बिहि, १९ कात्तिक २०८३
Advertisement
banner add

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

banner add
writter
बिहि, १९ कात्तिक २०८३
(Shares)

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले प्रहरी सङ्गठनलाई नागरिकमैत्री, निष्पक्ष र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उहाँले नागरिकको सुरक्षा, सम्मान र अधिकारलाई प्रहरीको पहिलो प्राथमिकता बनाउने बताउनुभयो। संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै सङ्गठनको मर्यादा तथा निष्पक्षतामा कुनै सम्झौता नगर्ने उहाँको भनाइ थियो।

महानिरीक्षक केसीले प्रहरीप्रतिको नागरिक विश्वासलाई सङ्गठनको सबैभन्दा ठूलो सम्पत्तिका रूपमा व्याख्या गर्नुभयो। प्रहरी देख्दा नागरिकमा त्रास होइन, सुरक्षाको अनुभूति र भरोसा पैदा हुनुपर्नेमा जोड दिँदै उहाँले कर्तव्य निर्वाहलाई प्रभावकारी सेवा प्रवाहसँग जोड्ने प्रतिबद्धता जनाउनुभयो।

प्रहरी कर्मचारीका समस्या र गुनासालाई सम्बोधन गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र स्थापना गर्ने उहाँले घोषणा गर्नुभएको छ। प्रहरी कर्मचारीको कार्य वातावरण सुधार, भौतिक पूर्वाधार तथा भवनको अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ।

प्रहरी सङ्गठनको प्रभावकारी सञ्चालनका लागि आवश्यक स्रोतसाधन, स्पष्ट कानुनी व्यवस्था र कार्यगत स्वायत्तता उपलब्ध गराउन उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोगसमेत आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

नयाँ प्रहरी नेतृत्वले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनमा आए प्रहरी सङ्गठनको आन्तरिक व्यवस्थापन र सेवा प्रवाहमा सुधारको अपेक्षा गर्न सकिन्छ। अब नागरिकले प्रहरीबाट केवल सुरक्षा मात्र होइन, निष्पक्ष व्यवहार, समयमै न्यायमा सहयोग र जिम्मेवार सेवा प्रवाहको अनुभूति गर्न पाउनुपर्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर