बिहि, १९ कात्तिक २०८३ / November 5, 2026, Thursday
बिहि, १९ कात्तिक २०८३
Advertisement
banner add

कपनको स्पामा १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी, एक जना पक्राउ

banner add
writter
बिहि, १९ कात्तिक २०८३
(Shares)

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० कपनस्थित एक स्पामा कार्यरत १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत कात्तिक १७ गते राति करिब ८ बजे कपनस्थित ह्यान्डबल ग्राउन्ड नजिक रहेको रोज हेल्थ स्पामा काम गर्ने भोजपुरको षडानन्द नगरपालिका-१ स्थायी घर भएकी किशोरीमाथि जबर्जस्ती करणी भएको थियो।

घटनापछि घाइते किशोरीलाई उपचारका लागि सुरुमा सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि थापाथलीस्थित प्रसूति गृहमा पठाइएको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार; किशोरीको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेकी थिइन्। घटनामा संलग्न रहेको आरोपित व्यक्ति घटनापछि फरार भएका थिए।

प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक निरोला भण्डारीको नेतृत्वमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले फरार आरोपित अमृतबहादुर कार्कीलाई भाग्ने क्रममा काठमाडौंको सामाखुसीबाट नियन्त्रणमा लिएको हो।

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थायी घर भई हाल काठमाडौंको कपन क्षेत्रमा बस्दै आएका कार्कीलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर