बिहि, १९ कात्तिक २०८३ / November 5, 2026, Thursday
बिहि, १९ कात्तिक २०८३
Advertisement
banner add

प्रस्तावित न्यायाधीशविरुद्ध १३ उजुरी

banner add
writter
बिहि, १९ कात्तिक २०८३
(Shares)

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी परेका छन्।

संसदीय सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलका अनुसार प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उक्त उजुरी प्राप्त भएका हुन्।

समितिले गत कात्तिक ९ गते १० दिनको समय दिएर उनीहरूविरुद्ध उजुरी आह्वान गरेको थियो। प्राप्त उजुरीमध्ये केही सामूहिक र केही व्यक्तिगत प्रकृतिका रहेको सचिव कँडेलले जानकारी दिएका छन्।

प्राप्त उजुरी सार्वजनिक गर्ने तथा समितिका सदस्यहरूलाई वितरण गर्ने उद्देश्यले बिहीबार दिउँसो २ बजे समितिको बैठक बोलाइएको छ। बैठकमा प्रस्तावित न्यायाधीशहरूको कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराइनेछ।

चारै जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ भने तिहार बिदापछि गर्ने तयारी समितिको छ।

सर्वोच्च अदालतजस्तो संवैधानिक र न्यायिक निकायमा नियुक्त हुने व्यक्तिको योग्यता, कार्यक्षमता, निष्पक्षता र विगतको कार्यसम्पादनबारे उठेका प्रश्नको निष्पक्ष परीक्षण गर्नु संसदीय सुनुवाइको प्रमुख दायित्व हो। प्राप्त उजुरीमाथि गम्भीर अध्ययन र आवश्यक छानबिनपछि मात्रै नियुक्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने हुन्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर