आइत, २१ भदौ २०८३ / September 6, 2026, Sunday
आइत, २१ भदौ २०८३
Advertisement
banner add

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

banner add
writter
शुक्र, ०२ साउन २०८२
(Shares)

काठमाडौं, ३२ असार, वैदेशिक रोजगरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुरथिमी नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४० वर्षीय राम बहादुर थिङ, काठमाडौं महानगरपालिका-१४ बस्ने चितवन राप्ती नगरपालिका-१ घर भएका ५३ वर्षीय प्रेम कृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका-२६ बस्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-४ घर भएका ३० वर्षीय सबिक राई, काठमाडौं टोखा नगरपालिका-३ बस्ने ललितपुर महानगरपालिका-३ घर भएका ४४ वर्षीय मनोज महर्जन र काठमाडौं महानगरपालिका-९ बस्ने २३ वर्षीया दिप्ती केसी रहेका छन् । 
 
पक्राउ मध्ये राम बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९९ सय हजार रूपैयाँ, प्रेम कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, सबिकले कतार पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ, मनोजले क्यानडा पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १ करोड ३४ लाख २५ हजार रूपैयाँ र दिप्तीले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राम बहादुरलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट र दिप्तीलाई काठमाडौं महानगरपालिका-१ बाट आइतबार तथा प्रेम कृष्णलाई काठमाडौं महानगरपालिका-१ बाट, सबिकलाई काठमाडौं महानगरपालिका-२६ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-३ बाट सोमबार पक्राउ गरेको    हो । 
 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ads
ads
add
banner add

सम्बन्धित खबर