शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

बुटवल, इटहरी र पोखरा पनि तनावग्रस्त

banner add
writter
सोम, २३ भदौ २०८२
(Shares)

काठमाडौं : भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताको प्रदर्शननले बुटवल, इटहरी र पोखरा पनि तनावग्रस्त बनेको छ । तिनै शहरमा प्रर्दशनकारीले प्रर्दशन जारी राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको गरेका छन् ।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् । गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ ।

पोखरामा पनि कर्फ्यू आदेश जारी भएको छ। सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी गरेकी हुन्। सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यू आदेश जारी भएको हो।

सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् ।

सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले  इटहरी उपमहानगरपालिकाकाे मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर