बिहि, १९ कात्तिक २०८३ / November 5, 2026, Thursday
बिहि, १९ कात्तिक २०८३
Advertisement
banner add

सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

banner add
writter
बिहि, १९ कात्तिक २०८३
(Shares)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए।

प्रधानमन्त्री शाहले चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा मुलुकको समग्र शान्तिसुरक्षाको अवस्था थप मजबुत बनाउने विषयमा सुरक्षा प्रमुखहरूसँग जानकारी लिएका हुन्।

सो अवसरमा उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

त्यस्तै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न तथा सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर