बिहि, १९ कात्तिक २०८३ / November 5, 2026, Thursday
बिहि, १९ कात्तिक २०८३
Advertisement
banner add

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिवको भेट, द्विपक्षीय हितमा छलफल

banner add
writter
बिहि, १९ कात्तिक २०८३
(Shares)

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेश सचिव विक्रम मिश्रीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विभिन्न विपद्का बेला भारत सरकारले पहिलो उद्धार तथा सहयोगकर्ता (फर्स्ट रेस्पोन्डर) का रूपमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले विपद्का समयमा छिमेकी मुलुक भारतले देखाएको तत्परताको प्रशंसा गरेका हुन्।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेश सचिव मिश्री बुधबार काठमाडौं आइपुगेका थिए। भ्रमणको पहिलो दिन उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए।

त्यसैगरी मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।

दुईदिने भ्रमण पूरा गरी विदेश सचिव मिश्री बिहीबार नै काठमाडौं हुँदै नयाँदिल्ली फर्कने कार्यक्रम रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर