शनि, २० भदौ २०८३ / September 5, 2026, Saturday
शनि, २० भदौ २०८३
Advertisement
banner add

नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार ठगी गरेको आरोपमा युवक पक्राउ

banner add
writter
शुक्र, १९ भदौ २०८३
(Shares)

काठमाडौं । नग्न तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै एक व्यक्तिबाट पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ असुल गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थायी ठेगाना भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्ने २३ वर्षीय कमलबहादुर बुढा रहेका छन्।

बुढाले सामाजिक सञ्जाल WhatsApp मार्फत जाहेरवालालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ भएको बताउँदै जाहेरवालाको नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गरेको आरोप छ। उनले मागेको रकम नदिए उक्त तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी भाइरल बनाइदिने धम्की दिएको प्रहरीको भनाइ छ।

त्यसरी डर–त्रासमा पारी बुढाले जाहेरवालाबाट पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको आरोपमा पक्राउ गरिएको हो।

बुढाविरुद्ध आपराधिक लाभ (Extortion) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले

ads
ads
add
banner add

सम्बन्धित खबर