काठमाडौं ।
कागेश्वरी
मनोहरा नगरपालिका-५ थली मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३
ग्राम ४ सय मिलिग्राम र नगद २८ हजार ९ सय ७५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ डाँछी बस्ने २६ वर्षीय
सुनिल ब्रमाशाखा र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने २० वर्षीय सबिन श्रेष्ठ
रहेका छन् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले बा.३२ प ७२०८ नम्बरको
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ८०
ग्राम र डिजिटल तराजु १ थान सहित भारत मधुवनी मधुवापुर थाना-३ घर भएका ३५ वर्षीय
मोहम्मद सन्तोष नदापलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण
ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक
बस्ने २८ वर्षीय बिबेक सापकोटालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १
सय ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी
कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी
पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।