शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

निलकमल मेनपावर प्रति युवाको आक्रोश !

banner add
writter
बिहि, ०५ भदौ २०८२
(Shares)

काठमाडौँ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको हितका लागि “फ्री भिसा, फ्री टिकट” को प्रावधान लागू गरेको धेरै वर्ष बितिसकेको छ। यस नीतिको मुख्य उद्देश्य श्रमिकमाथि पर्ने अत्यधिक आर्थिक बोझ कम गर्नु र उनीहरूको श्रमशक्ति सुरक्षित गर्नेतर्फ केन्द्रित थियो। तर, दुःखको कुरा यो हो कि आजसम्म पनि उक्त प्रावधान व्यवहारमै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।

श्रमिकले अझै पनि दलाल र वैदेशिक रोजगार संस्था मार्फत हजारौँ रुपैयाँ तिर्नु परेको गुनासो गर्दै आएका छन्। कतिपय अवस्थामा उनीहरूले तिर्नुपर्ने रकम कानुनी प्रावधानभन्दा दोब्बर वा तेब्बर बढि पर्छ। यसरी ठगिँदा श्रमिक ऋण बोकेर विदेश जान बाध्य हुन्छन् र श्रम बजारमा पुगेपछि थप समस्यामा पर्छन्।

फ्री भिसा, फ्री टिकटको नीति राम्रो भए पनि त्यसको कार्यान्वयनमा कमजोर नियमन, भ्रष्टाचार, दलालको चलखेल र श्रम कूटनीतिमा देखिएको कमजोरी नै प्रमुख चुनौती बनेका छन्। यदि सरकार गम्भीर भएर अनुगमन, कडाइ र दण्ड–सजायमा ध्यान दिन्छ भने मात्र यो नीति प्रभावकारी हुन्छ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा जान फ्री भिषा फ्री टिकटको प्राबधान लागू गरेको धेरै बर्ष भयो तर उक्त कुरा कागजमा मात्र सिमित गरिएको छ। उक्त प्राबधानलाई मेनपावरको अनुगमन गर्ने निकायले अनदेखा गरि रहेको कारण युबाहरु ठगिने क्रम बढ्दो छ। कानुन त मेनपावरले व्यक्तिसँग दश हजार भन्दा बढी सेवा सुल्क लिन मिल्दैन, जस्को कारण मेनपावरले लिएको रकमको बिल पनि दिदैनन र रकम उठाउदा एजेन्ट मार्फत लिने गर्दछ्न।

एजेन्टले अनेक प्रलोभनमा पारेर ठुलो रकम लिएर बिदेश पठाउदा जब युवा-युवती बिदेश पुग्छ्न् उनीहरुले संम्झौता अनुसारको काम अर्थात रोजगार पनि पाउदैन्न् । कतिपयलाई त अलपत्र पारेर सडकको बाँस बनाइन्छ ! त्यस बखत नेपालका दूतावास हाम्रो युवा-युबतीका सहारा बन्नु पर्नेमा मेनपावरका सार्थी बन्ने गरेका छन् भन्दा फरक पर्दैन।

पछिल्लो प्रकरण काठमाडौको सिनामंगलस्थित निलकमल हुमन रिसोर्स प्रा. लि. ले त्यसरी ठूलो मात्रामा रकम लिएर कुबेत, दुबई पठाएर युवाहरुलाई अलपत्र पारेको खुलेको छ। स्रोतले दिएको जानकारी अनुसार कुबेत र दुबईको लागि प्रति ब्यक्ति २ लाख ५५ हजार देखि ३ लाख  लिएर पठाउने गरेको र तोकिएको तलब र सम्झौता अनुसारको काम नपाएकोमा एक युवाले सामाजिक सन्जाल मार्फत अलपत्र पारिएकाहरुलाई देखाउदै सरकारको गम्भीर ध्यानाकर्षण हुन अनुरोध गरेका छ्न्। उक्त मेनपावरका संचालक वैदेशिक रोजगार ब्याबसायी संघका पूर्ब महासचिव मेघनाथ भुर्तेल हुन्। भुर्तेल व्यावसायीक कामका लागि हाल दुवईमा छन् ।

यस बिषयमा थप जानकारी लिन निगरानी व्युरोका प्रतिनिधि जीवन शर्माले निलकमल मेनपावरका उप-सञ्चालक जीवनाथ भुर्तेल (बलराम) सँग कुराकानी गरेकाछन् । सोधिएको प्रश्नमा भुर्तेलले जवाफदिए; कुवेतमा हाल कुनै समस्या छैन । यदि समस्या भयो भने हाम्रो प्रतिनिध हुनुहुन्छ, उक्त प्रतिनिधि मार्फत अथवा पिडित स्वम् हाम्रो संम्पर्कमा आउनु पर्ने हो । जाहाँसँमम्म यहाँको प्रश्नमा त्यसो केहि पनि छैन । हामीलाई बदनाम गराउँने हिसावले केहि व्यक्ति परिचालन भएका छन्। तपाईले भन्नु भएको व्यक्तिहाल कुवेत पनि छैनन् । अन्यमुलुकबाट सामाजिक सञ्जालमा यस्तो गलत क्रियाकलापको कार्यगर्नु आफैमामा दु:खद कार्य हो जीवनाथले भने। यस्तो गलत हर्कत विरुद्ध हामी छिट्टै साईरब्यूरोमा जानेतयारीमा छौं ।

उक्त विषयमा वैदेशिक रोजगार बिभागसँग जिज्ञासा् राख्दा त्यस्तो सूचना नआएको त्यस्तो भएको देखिए कारबाही गर्ने । आफू हरुले अनुगमन समेत गर्ने बताएँ, निलकमल मेनपावरलाई किन यसरी कू-प्रचार गरिरहेका छन् आश्चर्य परेका छौ भुर्तेलले भने ।

के भन्छ विभाग?

वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँका उप-महानिर्देशक एवम् प्रवक्ता चन्द्र बहादुर शिवाकोटीसँगको थप कुराकानीमा प्रवक्ताले भन्नु भयो; यहाँले राख्नुभएको प्रश्नमा पछिल्लो समय यस्ता घट्नाक्रम तिब्रतवरले बृद्धि हुदै गएकाछन् । सामाजिक सञ्जालमार्फत धेरै व्यावसायीहरुलाई सकारात्मक एवम् नकारात्क असर त परेकै छ । विभागमा पनि कतिपए खण्डमा दुबै पक्षहरु आउँनु हुन्छ । यदि यहाँको चासो र गुनासोलाई मध्यनजर गर्दा हामीलाई पिडितको परिवारलाई संम्पर्कमा आउन भनिदिहोला । यदि त्यस्तो ठुलो संख्याको मात्रमा पिडित हुनुहुन्छ भने अथवा संझौता अनुसारको काम र सेवा सुविधामा के-कस्तो छ दुबैपक्षलाई हाम्रो राहात तथा उद्धार शाखा भन्ने छ- उक्त शाखा प्रमुख हुनुहुन्छ नवराज जोशी सर उहाँलाई संम्पर्क गरी सहज वातावरण दिलाईदिनुहुनेछ धन्यवाद ।

ads
ads
add
banner add

सम्बन्धित खबर