पाल्पा । तिनाउ गाउँपालिकाको
व्यवस्थापनमा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा जिल्ला स्तरीय समन्वयात्मक
बैठक सम्पन्न भएको छ।
तिनाउ गाउँपालिकामा आयोजित बैठकमा
जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, विकाससँग
सम्बन्धित सरकारी कार्यालय तथा स्थानीय तहबीच समन्वय र सहकार्यका विषयमा छलफल
गरिएको थियो।
बैठकमा पाल्पाका १० वटै स्थानीय
तहले गरेका असल अभ्यासहरू आदानप्रदान गर्नुका साथै जिल्लास्तरमा देखिएका साझा
समस्या, विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा
छलफल भएको थियो।
कार्यक्रममा जिल्लास्थित सुरक्षा
निकायका कार्यालय प्रमुख, विकाससँग सम्बन्धित विषयगत कार्यालयका
प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय
अधिकृतहरूको सहभागिता रहेको थियो।
जिल्लाभित्रका सरकारी निकाय र
स्थानीय तहबीच आपसी समन्वय, सहकार्य तथा अनुभव आदानप्रदानलाई
प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।