शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय भेला सुनसरीमा सम्पन्न

banner add
writter
शनि, २९ कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/ सुनसरी । सुनसरीमा जग्गा तथा आवास विकास संघको अधिवेशन तथा पहिलो प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । प्रदेशस्तरमा पहिलोपटक आयोजित भेलामा आवास, सहरी पूर्वाधार तथा योजनाबद्धका विषयमा विस्तृत छलफल भएको हो । 

कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, जग्गा–आवास व्यवसायी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सहभागीता रहेको थियो । 

कार्यक्रममा सहभागी नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले नेपालको द्रुत सहरीकरण, दीगो विकास र आधुनिक शहर निर्माणका लागि आफ्नो भूमिका तथा योजना प्रस्तुत गरेको हो । 

कम्पनीले ग्रीन सिटी, स्मार्ट सिटी, डिजिटल सिटी, मेगा सिटी जस्ता आधुनिक सहरी अवधारणालाई नेपालमा व्यवहारिक रूपमा विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ । 

भेलामा नेपाल जग्गा तथा आवास विकास महासंघका विष्णु प्रसाद घिमिरे जग्गा कारोबारमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरे जोडदिए । 

कार्यक्रममा सहभागीहरुले नेपालको सहरी रूपान्तरणका लागि आवश्यक जग्गा, आवास, पूर्वाधार तथा व्यवासायिक विकासमा नवीन सोच र आधुनिक प्रविधिको प्रयोग गर्दै सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ । 

सहभागीहरुले योजनाबद्ध शहरीकरण, सुरक्षित आवास प्रणाली, स्वच्छ वातावरण तथा दीगो पूर्वाधार विकासमा संघले देखाएको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिए ।  

कार्यक्रम समापन गर्दै संघका पदाधिकारीहरूले नियमित रूपमा प्रदेशस्तरीय समन्वय, नीतिगत सुझाव तथा सहरी विकाससम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । संघले निर्वाचन मार्फत नयाँ कार्य समिति चयन गर्ने जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर