शनि, २० भदौ २०८३ / September 5, 2026, Saturday
शनि, २० भदौ २०८३
Advertisement
banner add

सीआईबीले भन्यो– आन्दोलनमा लुटिएका सामान खरिद–बिक्री नगर्नू

banner add
writter
सोम, ३० भदौ २०८२
(Shares)

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा लुटिएका सामानहरूको खरिद-बिक्री नगर्न आग्रह गरेको छ।

सीआईबीले आइतबार एक सूचना जारी गर्दै सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरूबाट कागजपत्र, ऐतिहासिक दस्ताबेज, बहुमूल्य वस्तु, हातहतियार र नगद लगायतका सामानहरू लुटपाट भएको र ती सामानहरू बजारमा बिक्री भइरहेको सूचना पाएको जनाएको छ।

सीआईबीले यसबारे अनुसन्धान भइरहेको जानकारी दिँदै यस्ता चोरी तथा लुटिएका सामानहरूको खरिद, बिक्री वा सञ्चय गरेको पाइएमा कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ।

साथै, यस्ता कुनै पनि सामानबारे जानकारी पाएमा नजिकको सुरक्षा निकायमा खबर गरिदिन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर