काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकाले आफ्ना वडाका बासिन्दाको सुविधाका लागि काठमाडौंबाटै सेवा प्रवाह गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा शिविर सन्चालन गरेर व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणको सेवा दिएको हो ।
सुरूमा साउनको १८ गतेदेखि २३ गतेसम्म शिविर सन्चालन गरे पनि सेवाग्राहीको चाप अनुसार अझै चार दिनसम्म सेवा प्रवाह गर्ने गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताए ।