शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

banner add
writter
मङ्गल, २१ असोज २०८२
(Shares)

काठमाडौँ । हालै नेपालका विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण उत्पन्न बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएको खबर सार्वजनिक भएपछि पाकिस्तानका प्रधानमन्त्रीले गहिरो दुःख प्रकट गरेका छन्। उनले एक विज्ञप्तिमार्फत पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्रीले विपद्को घडीमा पाकिस्तान सरकार र जनताले नेपाली जनतासँग ऐक्यबद्धता जनाएको उल्लेख गर्दै आवश्यक परे सहयोगका लागि तयार रहेको बताएका छन्।

बाढीपहिरोका कारण धेरै स्थानमा संरचना, खेतीपाती र जनजीवनमा व्यापक असर परेको छ। नेपाल सरकारले उद्धार र राहत कार्यलाई तीव्रता दिएको जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर