स्थानीय सरोकार/काठमाडौँ । सुरक्षा र जनसेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले गोदावरी नगरपालिकाले चापागाउँ प्रहरी वृत्तलाई करिब ३० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। सहयोग अन्तर्गत मोटरसाइकल, उपकरण र आवश्यक सामग्री प्रदान गरिएको नगरपालिकाको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनु भयो।
नगरपालिकाको यो कदमले स्थानीय तह र सुरक्षासंस्थाबीचको सहकार्यलाई बलियो बनाउने विश्वास गरिएको छ। यसले अपराध नियन्त्रण, जनताको सुरक्षा र आपतकालीन सेवा प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको भदौ २३ र २४ को जेन्जीको आन्दोलनले क्षतीभएका प्रहरी चौकी, भवन, सार्वजनिक सम्पतिको पुन:निर्माण र सरसफाईलाई प्रमुख कार्यका साथ हामी अगाडी बढेका हौ । त्यस पछि हामीलाई एक रात पनि नेपाल प्रहरीको साथ विना समाज अध्यारो बस्न सक्दैन भनि हामीले तत्कालिन समय देखी हाल सम्मकाे समयमा विभिन्न किसिमका सहयोग गर्दै आएका छौ ।
आइतबार नगरपालिकाका मेयर गजेन्द्र महर्जन र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीमार्फत मोटरसाइकल, विपद्का सामान र १० लाखको चेक हस्तान्तरण गरेका हुन्।
‘प्रहरीलाई अप्ठ्यारो परेको वेला हामीले सहयोग गरेका छौँ, अहिले प्रहरी भौतिक रूपमा निकै दयनीय अवस्थामा छ, स्थानीय समुदाय र तहहरूले सहयोग गर्नुपर्ने हुन्छ,’ मेयर महर्जनले भन्नु भयो। प्रमुख प्रशासकीय अधिकृत खड्काले प्रहरीलाई थप सहयोग गर्ने बताउँदै यो सुरुवाती सहयोग भएको जानकारी दिनु भयो।
उहाँका अनुसार तीन थान मोटरसाइकल, ५० थान लेडर ग्लोब्स, ५० थान कटन ग्लोब्स, १० थान टर्च लाइट, दुई थान ब्याक बोर्ड, तीन थान फ्लास लाइट, २२० थान डाइनामिक रेस्क्यु रोप, १५ थान साबेल, १५ थान पिक, १०० थान सेफ्टी भेस्ट, पाँच थान स्ट्रेचर, १० थान प्राथमिक उपचार बक्स, १०० थान रेनकोट, पाँच थान लाइफ रिङ, पाँच थान थ्रो ब्याग, ५० थान सेक्टी हेलमेट र तीन थान मेघा फोन माइक हस्तान्तरण गरिएको हो।
एसएसपी होबिन्द्र बोगटीका अनुसार; जेन–जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका २१ वटा युनिट पुरानै अस्थामा सेवा प्रद्दत तवरले आइसकेका छन्। नेपाल प्रहरी र समाज भनेका एक अर्कामा परिपुरक सर्षपर संम्वन्ध रहेको छ । जहाँ सम्म भदौ २३ र २४ को जेन्जीको आन्दोलनले क्षतीभएका प्रहरी चौकी, भवन, सार्वजनिक सम्पतिको पुन:निर्माणमा ललितपुर महानगरपालिका रगोदावरी नगरपालिकाे आर्थिक सहयोग, विपद्का सामाग्रीहरु, यातायात सवारी साधनका सामाग्रीहरु, नगर लगाएतको सहयोगले जिल्ला प्रहरी ललितपुरलाई ठुलो मद्दत र थप टेवा पुर्याउने जानकारी दिनु भयो ।
स्थानीय निकायले प्रहरीसँग सहकार्य गर्दै सुरक्षालाई प्राथमिकतामा राख्नु सकारात्मक पहल हो। यस्ता प्रयासहरूले नागरिकको भरोसा बढाउनुका साथै स्थानीय विकास र सुशासनको अभ्यासमा पनि योगदान पुर्याउँछन्।