शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

मेलम्ची नगरपालिकामा हल गोरु पाल्ने किसानले पाए अनुदान

banner add
writter
सोम, १९ साउन २०८२
(Shares)

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा हल गोरु पाल्ने २४० कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । 

पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि मेलम्ची नगरपालिकाले प्रति हलगोरुलाई ५ हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । 

अनुदान पाउने किसानले अनिवार्य बिमा गर्नुपर्ने नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । अनुदान रकम बैंक खाता मार्फत र बिमा भएको तर बैंक खाता नभएको किसानलाई भरपाई गरेर रकम उपलब्ध गराएको आचार्यले जानकारी दिनुभयो । 

नगरपालिका भित्रका २४० जना हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

यस्ले प्रांगारिक मल उत्पादनमा सहयोग पुग्नुका साथै माटो सुधार गर्न र जैविक विविधतामा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगर उपप्रमुख उमा प्रधानले बताउनुभयो ।  

ads
ads
add
banner add

सम्बन्धित खबर