शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

सम्पादकीय- देशभर मनसुनी वायुको प्रभावमा सावाधानी अपनाऊँ

banner add
writter
शुक्र, १७ असोज २०८२
(Shares)

देशभर यतिबेला मनसुनी वायुको सक्रिय प्रभाव स्पष्ट देखिएको छ। केही दिनयता देशका अधिकांश भूभागमा निरन्तर वर्षा भइरहेको छ भने कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा समेत भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दिनहरूमा समेत मनसुनी गतिविधि कायम रहने अनुमान गरिएको छ।

काठमाडौँ । वर्षासँगै कृषिमा फाइदा पुग्ने भए पनि बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिका जोखिम उच्च हुने गर्दछ। विगत वर्षहरूमा देखिएको जस्तै यस वर्ष पनि तराईका जिल्लाहरूमा डुबान र पहाडी क्षेत्रमा पहिरोको सम्भावना बढेको छ। यसैकारण, सर्वसाधारणलाई सतर्क रहनु आवश्यक छ।

स्थानीय तह र विपद् व्यवस्थापन निकायहरूले सम्भावित क्षतिलाई न्यून पार्न अग्रिम तयारी, राहत सामग्री भण्डारण र उद्धार टोली सक्रिय बनाउन जरुरी देखिन्छ।

जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सरकार र सम्बन्धित निकायले आपतकालीन सूचना प्रभावकारी ढङ्गले सर्वसाधारणसम्म पु¥याउनु पनि महत्त्वपूर्ण छ। सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत समयमै चेतावनी सूचना पुर्‍याउन सकेमा मानवीय क्षति घटाउन सकिन्छ।

मनसुन हाम्रो कृषि र जलस्रोतका लागि वरदान भए पनि यसले ल्याउने चुनौतीलाई बेवास्ता गर्न मिल्दैन। सुरक्षा र सतर्कता नै यसको प्रभावलाई न्यून पार्ने उपाय हो।

ads
ads
add
banner add

सम्बन्धित खबर