शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी

banner add
writter
सोम, ३० भदौ २०८२
(Shares)

काठमाडौं । काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समुहहरुले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको छ । 

उजुरीमा यी घटनाहरुसँग संलग्न अपराधीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरुबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपुर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ । 

उता दमौली बजारमा दिनदहाडै चोरी गर्ने २ जना  सिसिटिभी फुटेजको आधारमा पक्राउ परेका छन्। पुस ३ गते दिउँसो व्यास नगरपालिका २ डांग्रेखोल्सीका अर्जुनकुमार श्रेष्ठको घरबाट नगद, सुनको तिलहरी र जन्तर गरी २ लाख ६ हजार १४० रुपैयाँ बराबरको धनमाल चोरी गर्ने व्यास ४ का १६ वर्षीय लड्डु भन्ने सोयप खान र साजित खान पक्राउ परेका हुन्। 

घरमा जडान गरिएको सिसिटिभी फुटेजको आधारमा उक्त धनमाल चोरी गर्ने व्यक्तिहरुको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शंकास्पद रुपमा दमौलीकै एक सुनचाँदी पसलमा सुनको गरगहना बिक्री गर्न लागेको स्थानीय तथा पीडित पक्षको खबरबाट व्यास ४ घर बताउने १६ वर्षीय लड्डु भन्ने सोयप खानलाई प्रहरीले पक्राउ गरेको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए। पक्राउ गरी खानको शरीर खानतलासी गर्दा चोरी गरिएको धनमाल बरामद गरिएको र उनको घरमा खानतलासी गर्दा दराजमा लुकाई राखेको २८ हजार ६९० रुपैयाँ भेटिएको जोशीले बताए।

सोयप खानका दाजु साजित खानको आँबुखैरेनी गाउँपालिका ३ स्थित शनिबार कोठामा खानतलासी गरेर प्रहरीले चोरी गरिएको सुनको तिलहरी १ थान बरामद गरेको छ। ती दाजुभाइमाथि चोरी मुद्दा दर्ता गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर