शनि, २० भदौ २०८३ / September 5, 2026, Saturday
शनि, २० भदौ २०८३
Advertisement
banner add

स्थानीय तहका जनप्रतिनिधिसंग छलफल गर्दै कर्णाली प्रदेश सरकार

banner add
writter
सोम, २४ कात्तिक २०८२
(Shares)

सुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अन्य सम्बन्धित अधिकारीहरूको सहभागितामा दुई दिने भेला आयोजना गर्ने भएको छ।

भेला कातिक २५ र २६ गते प्रदेश राजधानी सुर्खेतमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा हुने प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिएका छन्।

पछिल्लो परिवर्तित राजनिति पछि प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एक रूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको भेला आयोजना गर्ने भएको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा कातिक २५ र २६ गते प्रदेश राजधानी सु्र्खेतमा भेला आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

दुइ दिने भेलामा नगरप्रमुख र उपप्रमुख सहित सम्बन्धित पालिकाका प्रमुख प्रशासिकय अधिकृतहरूको सहभागिता रहने छ। भेलामा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुखर उपप्रमुख सहभागिलाई समेत बनाइने भएको छ।

भेलामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रतिनिधिहरू सहभागी हुनेछन्।

मुख्य छलफलका विषयहरू तीनवटा छन्:

- प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध र सेवा प्रवाह।
- योजना छनौट सम्बन्धी हालको अभ्यास र कार्यविधि।
- स्थानीय तहका कर्मचारी, राजस्व संकलन र बजेट वाँडफाँड।

सचिव विकका अनुसार, संविधानमा उल्लेखित तीन तहको सरकारबीचको सहकार्य, सहअस्तित्व र समन्वयको भावना अनुसार, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप समन्वयात्मक बनाउन भेला आयोजना गरिएको हो। यस भेला मार्फत दुई तहका सरकारबीच देखिएका समस्या र समाधानका उपायहरू खोजिने अपेक्षा गरिएको छ।

अर्कोतर्फ, कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि पहिलो पटक योजना छनौट र आयोजना बैंकको अवधारणा लागू गरेको छ र यस अवधारणालाई थप परिमार्जन गर्ने सन्दर्भमा पनि छलफल हुनेछ।

ads
ads
add
banner add

सम्बन्धित खबर