आइत, २१ भदौ २०८३ / September 6, 2026, Sunday
आइत, २१ भदौ २०८३
Advertisement
banner add

साउनको अन्तिम सोमबारलाई लक्षित गर्दै पशुपति क्षेत्रबाट ४१ शंकास्पद व्यक्ति पक्राउ

banner add
writter
आइत, २५ साउन २०८२
(Shares)

काठमाडौं — प्रहरीले पशुपति क्षेत्रबाट ४१ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। मन्दिर आसपास शंकास्पद गतिविधि गरिरहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको गौशाला प्रहरीले जनाएको छ।

भोलि (साउन २६ गते) साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा भक्तजनको ठूलो भीड हुने र पकेटमार सक्रिय हुने सम्भावना रहेकाले यसअघिनै कारबाही गरिएको हो।

प्रहरीका अनुसार, पटक–पटक पकेटमारी र चोरीको कसुरमा पक्राउ परेर छुट्दै आएका तथा हाल पनि शंकास्पद गतिविधि गरिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। उक्त कारबाहीका लागि प्रहरीले ‘स्विप अपरेसन’ सञ्चालन गरेको थियो।

 

ads
ads
add
banner add

सम्बन्धित खबर