कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यो वर्ष कन्या राशिका लागि मध्यमदेखि राम्रो रहनेछ। नयाँ आम्दानीका स्रोत खुल्ने, दीर्घकालीन योजनाबाट लाभ हुने तथा सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना छ। करियर, व्यवसाय र अध्ययनमा प्रगतिको योग रहेको छ भने उच्च शिक्षाका लागि विदेश जाने अवसर पनि मिल्न सक्छ। राहु र शनिको प्रभावले अनावश्यक विवाद, खर्च तथा हतारमा निर्णय गर्दा नोक्सानी हुन सक्छ। दाम्पत्य जीवनमा सामान्य मतभेद आउन सक्छ, त्यसैले संयम आवश्यक छ। सवारी चलाउँदा र यात्रामा विशेष सावधानी अपनाउनु उचित हुनेछ। महिनागत संकेत: शुभ: वैशाख, असार, साउन, मङ्सिर, फाल्गुन, चैत्र सावधानी: जेठ, भदौ, असोज, कार्तिक, पुष, माघ