शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

अमेरिकाद्वारा चार देशका पाँच लाख नागरिकलाई तत्काल देश छाड्न आदेश

banner add
writter
मङ्गल, ०६ साउन २०८२
(Shares)

काठमाडौं- विपद्, युद्ध लगायत विशेष मानवीय कारणले अमेरिकामा अस्थायी रुपमा बसोबासको अनुमति दिएका हजारौं आप्रवासीलाई तत्काल देश छोड्न निर्देशन दिइएको छ ।

अमेरिकी गृह सुरक्षा विभाग जारी गरेको विज्ञप्तिमा क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट आएका ती नागरिकहरुलाई तत्काल अमेरिका छोड्न इमेल मार्फत् जानकारी गराइएको उल्लेख गरिएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले जारी गरेका आदेशहरू अन्तर्गत् ती चार देशका पाँच लाखभन्दा बढी नागरिकलाई दुई वर्षसम्म अमेरिका बस्न अनुमति दिइएको थियो ।

मानवतामा आधारित अस्थायी बसोबास अनुमतिका रुपमा चिनिने यस कार्यक्रमलाई बाइडेन प्रशासनले ती देशहरूमा रहेको संकटजन्य अवस्थालाई ध्यानमा राखी विस्तार गरेको थियो ।

तर अब डोनाल्ड ट्रम्प प्रशासनको कठोर आप्रवासन नीतिसँग मेल खाने नयाँ निर्देशन लागू गर्न लागिएको छ । जसले कानुनी चुनौतीहरूको सामना गर्न सक्ने विश्लेषण गरिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर