शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

पहलगाम आक्रमणको दोषी ‘टीआरएफ’ लाई अमेरिकाले गर्‍यो आतंकवादी घोषणा

banner add
writter
मङ्गल, ०६ साउन २०८२
(Shares)

काठमाडौं । अमेरिकाले ठूलो कदम चाल्दै पाकिस्तानस्थित आतंकवादी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई विदेशी आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार यो जानकारी दिए ।

रुबियोले भने, ‘यो कारबाहीले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलगाम आतंकवादी हमलाको न्याय प्राप्त गर्ने प्रतिबद्धतालाई देखाउँछ ।’ यो त्यही संगठन हो जसले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जिम्मेवारी लिएको थियो। यस आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पहलगाम आतंकवादी हमला २००८ को मुम्बई आक्रमणपछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा ठूलो आतंकवादी हमला भएको बताए । उनले यो कारबाही अमेरिकाको राष्ट्रिय सुरक्षा, आतंकवाद विरुद्धको लडाई र भारतसँगको सहकार्यको प्रमाण भएको जिकिर गरे ।

ads
ads
add
banner add

सम्बन्धित खबर