शनि, ३० जेठ २०८३ / June 13, 2026, Saturday
शनि, ३० जेठ २०८३
Advertisement
banner add

भियतनाममा पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु, केही अझै बेपत्ता

banner add
writter
मङ्गल, १७ असार २०८२
(Shares)

काठमाडौं- भियतनाममा एक पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन् ।

खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा पर्ने चर्चित पर्यटकीय गन्तव्य हा लोंग बेमा भएको हो । डुङ्गामा सवार अधिकांश यात्रुहरू हनोइबाट आएका भियतनामी परिवारका सदस्यहरु रहेको बताइएको छ ।

उद्धारकर्मीहरूका अनुसार मुसलधारे वर्षाका कारण जीवित व्यक्तिहरूको खोजीमा कठिनाइ भइरहेको छ । हालसम्म फेला परेका शवमध्ये कम्तीमा आठ जना बालबालिका छन् । ११ जनालाई भने जीवितै पानीबाट निकालिएको छ ।

“वान्डर सिज” नामको सो डुंगा ५३ जनालाई लिएर जाँदै गर्दा एक्कासि आएको आँधीबेहरीका कारण पल्टिएको भियतनामी सीमा सुरक्षाबलले जनाएको छ । हराइरहेका मानिसहरुको खोजीका लागि उद्धारकार्य जारी छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर